Media Network

चुनाव घोषणा गर्न प्रधानमन्त्री देउवालाई समाजवादी मन्त्रीको आग्रह


खबरस्टोरी संवाददाता

२७ जेष्ठ २०७९,शुक्रबार

 काठमाडौँ। प्रधानमन्त्री देउवासँग भेटेरै चुनावी मिति घोषणा गर्न श्रममन्त्री कृष्ण श्रेष्ठ 'किसान' र पर्यटनमन्त्री प्रेम आले लगायत मन्त्रीहरुले अनुरोध गरेको स्रोतले जनाएको छ। स्रोतले भन्यो, ‘चुनाव घोषणा भइसकेपछि मन्त्री फेरबदल हुँदैन।

एकीकृत समाजवादीको आइतबार बसेको सचिवालयको बैठकले ४ मन्त्रीहरु फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको थियो।

मन्त्री बन्ने चारजनाको नाम पार्टीको त्यही निर्णयअनुसार देउवालाई बुझाइएको छ। तर, समाजवादीका मन्त्रीहरुकै कारण नयाँ मन्त्रीहरुको शपथ भएको छैन।

स्रोतका अनुसार एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेपछि कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीभित्र पनि दबाब छ।

‘चुनाव घोषणा भएपछि यो सरकार कामचलाउ भएर अहिलेको मन्त्रिमण्डल पनि कायम रहने भनेर अन्य पार्टीका मन्त्री पनि प्रधानमन्त्रीलाई मिति घोषणा गर्नुपर्ने प्रस्ताव गरेका छन् ,’ स्रोतले भन्यो ।

अहिले संसद बैठकमा बजेटमाथि छलफल भइरहेको छ। मन्त्रालयगत छलफल भएकोले बजेटमाथि उठेका मन्त्रालयको प्रश्नको जवाफ दिइरहेकोले मन्त्री फिर्ताको निर्णय केही दिन पर सरेको छ।

यही मेसोमा अझै पछि धकेल्ने उनीहरुको योजना छ। बजेट पासलगत्तै पार्टी निर्णय कार्यान्वयन गर्ने एकीकृत समाजवादी अध्यक्ष माधव नेपालको प्रस्तावमा बहुमत नेताले जनाएका छन्।

‘अब कति समय छ र सरकारका मन्त्री परिवर्तन गर्ने?,’ एक मन्त्रीको भनाई उधृत गर्दै स्रोतले भन्यो, ‘अब चुनावमा केन्द्रित हुनुपर्छ।’


Share:
Reaction :
ताजा समाचार
खेलकुद