Media Network

चुनावी दौडमा नेताहरु : देउवा–प्रचण्ड जनकपुर, ओली विराटनगर


खबरस्टोरी संवाददाता

२४ बैशाख २०७९,शनिबार

काठमाडौ । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा दलका शिर्ष नेताहरु चुनावी सिलसिलामा देश दौडाहामा छन् ।

पाँच दलीय गठबन्धनले संयुक्त चुनावी सभालाई सम्बोधन गर्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मधेस प्रदेशको राजधानी जनकपुर पुगेका छन् । त्यहाँ उनले आज दिउँसो २ बजे हुने गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्नेछन् ।त्यस्तै चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा पनि त्यहाँ जादैछन् ।


ओली विराटनगर 

एमालेले आयोजना गरेको स्थानीय तह लक्षित निर्वाचन सभाहरुलाई सम्बोधन गर्न पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रदेश १ अन्तर्गत बिहान १० विराटनगर पुगेर सुनसरीको धरानमा आयोजना हुने चुनावी सभामा सहभागी हुनेछन् ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद