यसै सन्दर्भमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्यहरु हेमन्तप्रकाश ओली सुर्दशन र धर्मेन्द्र बाँस्तोला कन्चनलाई कारवाहीसहित पार्टीबाट निस्कासन गरिएको छ ।
बुधवार पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लवले एक विज्ञप्ति जारी गर्दै पार्टी हित विपरीत तथा एकीकृत जनक्रान्तिको भावना विपरीतका गतिविधि गरेको, पार्टीमा अराजकता देखाएको, गुटबन्दी गरेको तथा चुनाव बहिस्कार गर्ने गरि कारवाही स्वरुप धम्की दिँदै विज्ञप्ति निकालेको भन्दै कारवाही गरिएको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ ,विभिन्न बैठक तथा भेलासहित गुटबन्दी गर्दै हिडेकाले दुवैलाई अनिश्चित समयको लागि पाटीको सम्पुर्ण जिम्मेवारबाट मुक्क्त गरिएको छ ।
हेर्नुहाेस्, विज्ञप्तिकाे पूर्णपाठः