Media Network

चिनियाँ बिदेशमन्त्री आज नेपाल आउँदै


खबरस्टोरी संवाददाता

११ चैत्र २०७८,शुक्रबार

काठमाडौं । चिनियाँ बिदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणको सिलसिलामा आज (शुक्रबार) काठमाडौं आउँदै छन् । 

परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणामा चिनियाँ विदेशमन्त्री वाङ नेपाल आउन लागेका हुन् । नेपालको तीन दिने भ्रमणमा उनी नेपाल आउन लागको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

निर्धारित कार्यक्रम अनुसार चिनियाँ बिदेशमन्त्री वाङ चैत ११ गते बेलुकी काठमाडौं आइपुग्ने छन्  । उनी दिल्ली हुँदै नेपाल आउन लागेका हुन् । केही दिनयता वाङ भारत, पाकिस्तान लगायतका दक्षिण एशियाली मुलुकको भ्रमणमा छन् । 

वाङको महत्वपूर्ण भेटघाटका कार्यक्रमहरु सबै चैत १२ र  १३ गतेलाई राखिएको छ । 

परराष्ट्र मन्त्रालयका अनुसार चैत १२ गते नेपाल–चीन परराष्ट्र मन्त्री स्तरिय द्विपक्षीय वार्ता हुनेछ । 

नेपाल भ्रमणको बेला उनले रास्ट्रपति बिद्यादेवी भण्डारी,  प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

चिनियाँ बिदेश मन्त्री वाङ चैत १३ गते साझ स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद