माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई दिउँसो ४ बजे खुमलटार नै पुगेर लिउले भेटवार्ता गर्नेछन् । नेपालमा संघरप्रदेशको चुनावको तयारी भईरहँदा उत्तरी छिमेकी मुलुक चीनको चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख नेपाल भ्रमणमा आएका हुन् ।
यस अगाडी उनले हिजो प्रधानमन्त्री शेरवहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरिसकेका छन् । खड्काले उनलाई रात्री भोज समेत दिएका थिए ।
लिउले अहिले बिहान साढे ९ बजेदेखि सवा १० बजेसम्म सुन्दरीजलस्थित बीपी संग्रहालयको अवलोकन भ्रमण गर्ने कार्यक्रम तय भएको छ । त्यहाँबाट फर्केपछि लिउ नेतृत्वको चिनियाँ टोली शान्ति निकुञ्ज स्कुलमा आयोजित कार्यक्रममा सहभागी हुनेछ।
त्यसपछि भने अपरान्ह ४ बजेदेखि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा भेटवार्ता तय भएको हो ।