काठमाडौं । तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता भएको छ ।
चिनियाँ विदेशमन्त्रीलाई यीलाई भेट्न अध्यक्ष प्रचण्ड नक्शालस्थित होटल मेरियट पुगेका थिए । यसअघि आइतरबार नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए । वाङ यी आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।