Media Network

चिनियाँ विदेशमन्त्रीलाई भेट्दै ओली र प्रचण्ड


खबरस्टोरी संवाददाता

१३ चैत्र २०७८,आईतवार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ विदेशमन्त्री वाङ यीलाई आइतबार छुट्टाछुट्टै भेटवार्ता गर्दैछन् ।  

ओलीले बिहान ११ः१० बजे विदेशमन्त्री यीसँग होटल मेरियटमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । वाङसँगको भेटमा ओलीले नेपाल–चीन द्विपक्षीय हितबारे छलफल गर्नेछन् । 

ओलीसँगको भेटपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमन्त्री  यीसँग भेटवार्ता गर्ने भएका छन् । प्रचण्डले विहान ११ः४५ भेटवार्ता गर्नेछन् । प्रचण्डसँगको भेटमा पनि नेपाल–चीन द्विपक्षीय हितबारेमा कुराकानी हुने प्रचण्डको सचिवालयले जनाएको छ । 

ओली र प्रचण्डसँग भेट गर्नुअघि वाङले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए ।  

Share:
Reaction :
ताजा समाचार
खेलकुद