चितवनको भरतपुरमा भूमिहिन दलितलाई लालपूर्जा वितरण


खबरस्टोरी संवाददाता
२४ चैत्र २०७८, बिहीबार
चितवनको भरतपुरमा भूमिहिन दलितलाई लालपूर्जा वितरण
काठमाडौं । चितवनको भरतपुरमा आज ४६ भूमिहिन दलित घरपरिवारलाई जग्गाधनी प्रमाण पूर्जा (लाल पूर्जा) वितरण गरिएको छ । भरतपुर महानगरपालिका वडा न २ का ४६ घरधुरी भुमिहिन दलित परिवारलाई लालपूर्जा वितरण गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकास निर्माण, समृद्धिर सुकुम्बासी समस्या समाधान गर्ने काममा हातेमालो गर्न सबैलाई आग्रह गरेका छन् । 

सहमति, सहकार्य र एकताबाट अहिलेको अवस्थासम्म आइपुगेको भन्दै अध्यक्ष प्रचण्डले अबको विकास निर्माण, समृद्धि र भूमिसम्बन्धी समस्या समाधान पनि सबैको सहमति, सहकार्य र एकताबाट मात्रै संभव रहेको पनि बताए । कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले संविधानमा भएका कुरा कार्यान्वयन गर्न आफुहरु प्रतिबद्ध भएर लागिरहेको बताईन् । 

मन्त्री श्रेष्ठले भूमि सम्बन्धी सम्पूर्ण समस्या दिगो रुपमा नै समाधान गर्न आफूहरु लागिरहेको भन्दै सबैको साथ, सहयोगबाट भूमिहिन दलित र सुकुम्वासीलाई लालपूर्जा वितरण गर्न संभव भएको बताईन । यसअघि सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं ९ को मुसहर बस्तीमा १०६ भूमिहिन दलित घर परिवारलाई लालपूर्जा वितरण गरिसकिएको छ । 

यस्तै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मन्त्रालय सम्हालेपछि ४ महिनाको अवधिमा गाउँब्लकमा रहेका २० हजार भन्दा बढी घरपरिवारलाई लालपूर्जा वितरण गरिसकिएको छ ।