Media Network

चितवनमा देउवा, दाहाल र नेपालले चुनावी सभा गर्ने


खबरस्टोरी संवाददाता

२० बैशाख २०७९,मंगलवार

काठमाडौँ — स्थानीय तह निर्वाचनमा देशको मुख्य केन्द्रमा रहेको चितवनको भरतपुर महानगरपालिकामा आयोजित चुनावी सभालाई सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् ।

बिहीबार आयोजना हुने चुनावी भेलालाई  प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालासम्मले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।साझा बसपार्कमा ११ बजे चुनावी सभा हुने आयोजकले जानकारी दिएको छ ।

भरतपुर महानगरपालिकामा सत्तागठबन्धनबाट मेयरमा माओवादी नेतृ रेणु दाहाल र उपमेयरमा कांग्रेसका नेता चित्रसेन अधिकारी उम्मेदवार छन् ।कांग्रेसका जगन्नाथ पौडेलले भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दर्ता गराउँदा गठबन्धनलाई चुनौती छ । त्यस्तै, एमालेका विजय सुवेदी पनि भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद