Media Network

डुबानमा परेको आमसभास्थलको पानी भ्याकुम लगाएर निकालिँदै


खबरस्टोरी संवाददाता

२२ बैशाख २०७९,बिहीबार

चितवन । सत्ता गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने भनिएको भरतपुरको केन्द्रीय बसपार्क क्षेत्र डुबानमा परेपछि भ्याकुम लगाएर पानी निकालिएको छ  । 

रातभरको अविरल बर्षाका कारण सभाका लागि अघिल्लो दिन नै तयार पारिएको मञ्च र टेन्टहरू डुबानमा परेका छन् । मञ्चका पर्दा, काँग्रेस र माओवादी केन्द्रका संयुक्त झण्डाहरु पानी र हिलोमा लतपतिएको अवस्थामा पुगेका छन् । 

भरतपुर सम्बोधनका लागि प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बुधबार नै भरतपुर पुगिसकेका छन् । भरतपुर महानगरको मेयरका लागि गठबन्धनका साझा उम्मेदवार रेनु दाहाल छिन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद