ढिलो–चाँडो नेपाल पुग्ने श्रीलंकाकै स्थितिमा होः नारायणकाजी


खबरस्टोरी संवाददाता
२७ असार २०७९, सोमबार
ढिलो–चाँडो नेपाल पुग्ने श्रीलंकाकै स्थितिमा होः नारायणकाजी
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले देश ढिलो वा चाँडो श्रीलंकाकै स्थितिमा पुग्ने चेतावनी दिएका छन् ।

 सामाजिक सञ्जालमा लेख्दे उनले यस्तो बताएका हुन् ।  देशलाई श्रीलंकाको स्थितिमा पुग्नबाट बचाउनका लागि उनले समयमै यथास्थिति तोड्ने सकारात्मक धक्कायुक्त हस्तक्षेपको निम्ति सामुहिक एवं संगठित प्रयत्न गर्न आह्वान समेत गरेका छन् । 

उनले लेखेका छन्, –‘हामी अहिल नै श्रीलंकाको अवस्थामा पुगिसकेका छैनौं, यो सहि नै हो’, सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘तर तितो र नाङ्गो सत्य यो पनि हो कि निष्ठा, विचारसिध्दान्त एवं मुल्यविहीन भ्रष्ट–स्वार्थी राजनीतिको बोलवाला, कुशासन ,भ्रष्टाचार, अपारदर्शिता, आसेपासे एवं दलालिकृत सत्ता,समस्या समाधानप्रतिको गैर जिम्मेवार प्रवृत्ति र तदर्थवादले ढिलो वा चाँडो,एउटा वा अर्को रुपमा पु¥याउने त्यतै हो ।’