सामाजिक सञ्जालमा लेख्दे उनले यस्तो बताएका हुन् । देशलाई श्रीलंकाको स्थितिमा पुग्नबाट बचाउनका लागि उनले समयमै यथास्थिति तोड्ने सकारात्मक धक्कायुक्त हस्तक्षेपको निम्ति सामुहिक एवं संगठित प्रयत्न गर्न आह्वान समेत गरेका छन् ।
उनले लेखेका छन्, –‘हामी अहिल नै श्रीलंकाको अवस्थामा पुगिसकेका छैनौं, यो सहि नै हो’, सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘तर तितो र नाङ्गो सत्य यो पनि हो कि निष्ठा, विचारसिध्दान्त एवं मुल्यविहीन भ्रष्ट–स्वार्थी राजनीतिको बोलवाला, कुशासन ,भ्रष्टाचार, अपारदर्शिता, आसेपासे एवं दलालिकृत सत्ता,समस्या समाधानप्रतिको गैर जिम्मेवार प्रवृत्ति र तदर्थवादले ढिलो वा चाँडो,एउटा वा अर्को रुपमा पु¥याउने त्यतै हो ।’