काठमाडौँ। नेकपा एकीकृत समाजवादी र अर्को वाम घटक नेकपा जनवादीबीच आज पार्टी एकता भएको छ । देवेन्द्रसिंह महताले नेतृत्व गरिरहेको नेकपा जनवादी र माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीबीच आज (मंगलबार) मिलन भएको हो। महता नेतृत्वको नेकपा जनवादी नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबाट अलग भई २०७७ मा भूमिगत रुपमा संगठित भएको थियो।