Media Network

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु


खबरस्टोरी संवाददाता

२५ फाल्गुन २०७८,बुधबार

काठमाडौं। एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक बबरमहलस्थित कार्की ब्यांक्वेटमा सुरु भएको छ ।   बैठक केहीबेरअघि मात्र सुरु भएको उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । 

बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदन पेस गर्ने कार्यसूची छ । प्रतिवेदनमा राष्ट्रिय राजनीतिको समीक्षा र स्थानीय तहको निर्वाचनको तयारी समेटिएको छ । 

प्रतिवेदन पोलिटब्युरो सदस्यको सुझावसहित पेस गर्न लागिएको खतिवडाले जानकारी दिए । प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ( एमसीसी ) अनुमोदनको बिषयमा पनि छलफल हुनेछ ।  

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद