Media Network

एकीकृत समाजवादीको राष्ट्रिय भेलामा मन्त्री पद फुत्केका तीन नेता अनुपस्थित


खबरस्टोरी संवाददाता

१४ असार २०७९,मंगलवार

काठमाडौँ । सत्तारुढ नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक राजधानीमा जारी छ।

 राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित परिषदको बैठकमा सहभागी हुन देशभरबाट प्रतिनिधि उपस्थित भएका छन्।सोमबारदेखि सुरु केन्द्रीय परिषदको बैठकमा समूहगत छलफल सुरु भएको छ। पहिलो दिनको बैठकमा प्रदेशगत रुपमा ११ वटा समूह निर्माण गरी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको ‘राजनीतिक तथा सांगठनिक प्रतिवेदन’माथि छलफल सुरु भएको छ।

समूहगत छलफलबाट आएका निष्कर्षसहित मंगलबार बस्ने बैठकमा थप छलफल गरेर अध्यक्षले बैठक समापन गर्ने एकीकृत समाजवादीले बताएको छ।

मन्त्री पद फुत्केका तीन नेताद्धारा बैठक बहिष्कार 

आइतबारमात्र मन्त्री पदबाट बिदा भएका पार्टीका तीन जना निवर्तमान मन्त्री बैठकमा अनुपस्थित भए। निवर्तमान स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटनमन्त्री प्रेम आले र श्रममन्त्री किसान श्रेष्ठ बैठकमा उपस्थित भएनन्।

बैठकमा देशभरका प्रतिनिधिहरू उपपस्थित भईरहदाँ उनीहरु भने बैठकमा देखिएनन्।

पार्टीद्धारा आयोजित केन्द्रीय परिषद् बैठकमै उपस्थित नहुने नेताहरु प्रतिको कटाक्ष बैठकमा व्यापक रुपमा चल्यो, बैठकमा उपस्थित नहुनेलाई मन्त्री छाड्न परेकाले असन्तुष्ट बनेको भन्ने बुझाईका साथ ती नेताहरुको बैठकमा आलोचना समेत भएको थियो ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद