Media Network

एकीकृत समाजवादीले देउवालाई बुझायो नयाँ मन्त्रीको नाम


खबरस्टोरी संवाददाता

२२ जेष्ठ २०७९,आईतवार

काठमाडौँ।  सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गरेको छ । आइतबार दिउँसो बसेको सचिवालय बैठकले मन्त्रीको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो।

एक पदाधिकारीका अनुसार अध्यक्ष माधवकुमार नेपालले मन्त्रीका लागि ५ जनाको सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन् ।

उनका अनुसार सहरी विकासमा मेटमणि चौधरी, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमा जीवनराम श्रेष्ठ, श्रममन्त्रीमा शेरबहादुर कुँवर, स्वास्थ्यमन्त्रीमा भवानी खापुङ र स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीलाई जिम्मेवारी दिने एकीकृत समाजवादीले निर्णय गरेको छ। 









Share:
Reaction :
ताजा समाचार
खेलकुद