Media Network

एकीकृत समाजवादीमा झलनाथलाई विदेश विभागको जिम्मेवारी


खबरस्टोरी संवाददाता

११ चैत्र २०७८,शुक्रबार

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीको विदेश विभागको जिम्मेवारी पाएका छन् । 

एकीकृत समाजवादीले पार्टीका केन्द्रीय विभाग र प्रदेश कमिटीलाई पूर्णता दिने क्रममा खनाललाई विदेश विभागको जिम्मेवारी दिइएको हो । 

निर्वाचन नजिकिएसँगै संगठन विस्तारलाई प्राथमिकता दिँदै आएको एकीकृत समाजवादीले पार्टीका ३१ वटा केन्द्रीय विभाग र ७ वटा प्रदेश कमिटीलाई पूर्णता दिएको छ ।  

कसलाई के जिम्मेवारी ? 

एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले संगठन विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । 

यस्तै,  उपमहासचिव विजय पौडेलले अर्थ तथा योजना विभागको जिम्मेवारी पाएको एकीकृत समाजवादीले जनाएको छ । 

यसैगरी, रामचन्द्र झाले कानुन विभाग प्रमुखको जिम्मेवारी पाएका छन् भने अर्थ विभागको प्रमुख सोमप्रसाद पाण्डे चयन भएका छन् । 

यस्तै, स्कुल विभागको प्रमुख प्रमेश हमाल हुँदा संसदीय विभाग प्रमुख जीवनराम श्रेष्ठले भएका छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद