एमाले अध्यक्ष ओली नेपालगञ्ज र बर्दिया जाँदै


खबरस्टोरी संवाददाता
२४ चैत्र २०७८, बिहीबार
एमाले अध्यक्ष ओली नेपालगञ्ज र बर्दिया जाँदै
काठमाडौं।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बाँकेको नेपालगञ्ज जाँदैछन् । ओली बिहान बिहान ९ बजे नेपालगञ्ज जाँदैछछन् । त्यहाँ उनले पार्टीको जिल्ला कमिटीले आयोजना गर्ने कार्यकर्ता भेलालाई ११ बजे सम्बोधन गर्नेछन् । 

त्यसपछि अध्यक्ष ओली बर्दिया जाने कार्यक्रम छ । त्यहाँ पार्टी मातहतको सुकुम्वासी संगठनको राष्ट्रिय सम्मेलनलाई पनि सम्बोधन गर्ने भएका छन् । अध्यक्ष ओली पार्टीको निर्वाचन केन्द्रित कार्यक्रमको ‘कमाण्डर’ बनेर खटिँदै आएका छन् ।