Media Network

एमाले इलाम अध्यक्षमा बस्नेत, बागलुङमा केसी


खबरस्टोरी संवाददाता

२६ पुष २०७८,सोमबार

काठमाडौँ। नेकपा (एमाले) इलामका अध्यक्षमा महेश बस्नेत निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी डा देवी क्षेत्री दुलाललाई ६३० मतले पराजित गरेका थिए । उपाध्यक्षमा उदय राई ,सचिवमा उमेश गुरुङ ,उपसचिवद्वयमा रवीन्द्र सुवेदी र विष्णुमाया आचार्य विजयी भएका छन् ।  जिल्ला अधिवेशनमा ७६७ मत खसेको थियो । आठ सय छ प्रतिनिधि रहेकामा ३९ प्रतिनिधिले मत नखसालेको निर्वाचन कमिटीले जनाएको छ । मतगणना गए राति सम्पन्न भएको हो । 

एमाले बागलुङका अध्यक्षमा  केसी 

बलेवा– नेकपा (एमाले) बागलुङका अध्यक्षपदमा हीराबहादुर केसी निर्वाचित भएका छन्। कार्यबाहक अध्यक्षसमेत रहेका प्रतिस्पर्धी कृष्ण पाठकलाई पराजित गर्दै केसी अध्यक्षमा निर्वाचित भएका हुन् । उनले ३२९ मत प्रप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी  पाठकले २२८ मत पाए अर्का प्रतिस्पर्धी मेहरसिंह पाइजाले ३४ प्राप्त गरे । उपाध्यक्षमा लक्ष्मण पुन र सचिवमा विष्णु भुसाल सर्वसम्मत निर्वाचित भएका थिए ।उपसचिवमा गणेशबहादुर थापा र डम्मर श्रीस विजयी भए । थापाले गणेश २९९ र श्रीसले २२८ मत पाएका छन् । उपसचिवमा छ जनाको प्रतिस्पर्धा थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद