एमाले कार्यकर्ताले मूल्यवृद्धिको विरोधमा सरकारी गाडीको चाबी खोसे


खबरस्टोरी संवाददाता
८ असार २०७९, बुधबार
एमाले कार्यकर्ताले मूल्यवृद्धिको विरोधमा सरकारी गाडीको चाबी खोसे
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका कार्यकर्ताहरुले मूल्य वृद्धिको विरोधमा कैलालीको धनगढीमा सरकारी गाडीहरु सञ्चालनमा अवरोध गरेका छन् ।

आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म नेकपा एमाले सम्बद्ध अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले सरकारी सवारी साधनहरु सञ्चालनमा अवरोध गरेका हुन् ।

युवाहरूले आन्दोलनका कार्यक्रम अन्तरगत सरकारी सवारीसाधन चलाएर कार्यालय जाने कर्मचारीहरूलाई ठाउँ–ठाउँमा रोकेर चावी खोसिदिएका छन् ।

धनगढी उपमहानगरपालिका, प्रदेशसभा सचिवालय, पूर्वाधार विकास मन्त्रालयका गाडि र २५ वटा सरकारी मोटरसाइकल धनगढीको एलएन चोकमा नियन्त्रणमा लिइएको राष्ट्रिय युवा संघ धनगढी नगर किमिटी संयोजक अविशेक नाथले जनाएका छन्  ।