Media Network

एमाले महाधिवेशन : मतदानको समय एक घण्टा थप


खबरस्टोरी संवाददाता

१४ मंसिर २०७८,मंगलवार

चितवन। नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज बिहान ४ बजेबाट चितवनको सौराहास्थित होटल सेभन स्टार परिसरमा मतदान भइरहेको छ। तर, निर्धारित समयमा मतदान नसकिएपछि समय थपिएको एमाले केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। 

यसअघि आयोगले आज बिहान ८ बजेसम्मका लागि मतदान समय तोकेको थियो। तर, ढिलो गरी मतदान प्रारम्भ भएको र थुप्रै मतदाता बाँकी रहेकाले समय थपिएको आयोगले जनाएको छ। अझै मतदान सकिन एक घण्टाभन्दा समय लाग्न सक्ने आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिए।

 त्यस्तै अध्यक्ष पदका उम्मेदावर केपी शर्मा ओली र भीम रावल लगायतका नेताले मतदान गरिसकेका छन्। अध्यक्षसँगै उपाध्यक्ष, सचिव र केही केन्द्रीय सदस्यका लागि मतदान भइरहेको छ। वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव लगायत केही केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भइसकेका छ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद