काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि पुस १ गते मतदान गरिने भएको छ ।
महाधिवेशनका लागि केन्द्रीय निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार पुस १ गते मतदान हुने भएको हो ।
निर्वाचन आयोगका केन्द्रीय अध्यक्ष डा. विजय सुब्बाले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन् । जस अनुसार ३ दिन सञ्चालन हुने भनिएको महाधिवेशन लम्बिने भएको छ ।
निर्वाचन कार्यक्रमअनुसार, सोमबार बिहान ७ बजेबाट निर्वाचन कार्यक्रम सुरु हुनेछ । कार्यतालिका अनुसार, मंगलबार बिहान ७ बजे मतदाता नामावली प्रकाशन गरिनेछ । सोही दिन ८ बजेदेखि ९ बजेसम्म मतदाता नामावलीमा दाबी विरोध, साढे ९ बजे दाबी विरोधको सूचना प्रकाशन, १० बजे दाबी विरोध उपर छानबिन हुनेछ ।