Media Network

एमाले नेतृत्वमा ओलीको ह्याट्रिक, ईश्वरको शर्मनाक हार


खबरस्टोरी संवाददाता

३ पुष २०८२,बिहीबार

काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक विजयी भएका छन् । काठमाडौंमा सम्पन्न पार्टीको ११ औँ महाधिवेशनमा ईश्वर पोखरेललाई भारी मतान्तरले हराउँदै ओलीले पार्टी नेतृत्वमा ह्याट्रिक गरेका हुन् ।

विहीबार सम्पन्न मतगणनामा ओलीले १६६३ मत प्राप्त गरि निर्वाचित हुँदा पोखरेलले ५६४ मत मात्रै प्राप्त गरे । १९ पदाधिकारीको लागि भएको निर्वाचनमा ईश्वर प्यानलका दुई जना मात्रै निर्वाचित भएका छन् ।

ईश्वर प्यालनका गोकर्णराज विष्ट उपाध्यक्षमा र योगेश ढकाल उपमहासचिवमा निर्वाचित भए । केन्द्रीय निर्वाचन आयोगका अनुसार उपाध्यक्षमा निर्वाचित पृथ्वी सुब्बा गुरुङले पदाधिकारीमै सर्वाधिक १ हजार ७ सय ३७ मत प्राप्त गरेका छन् ।

यस्तै, उपाध्यक्षमा विष्णुप्रसाद पौडेलले १६७५ मत, रामबहादुर थापा बालदले १५१६ मत, गोकर्णराज विष्टले १३६८ मत र रघुजी पन्त १२५८ मतका साथ विजयी भए ।

त्यसैगरी, उपमहासचिवमा लेखराज भट्टले १४५२ मत, रघुवीर महासेठले १३६८ मत र योगेश भट्टराई १३४८ मततका साथ विजयी भए ।

त्यसैगरी, सचिव महेश बस्नेतले १५४४ मत, छविलाल विश्वकर्माले १५०६मत, पद्माकुमारी अर्यालले १५३०मत , शेरधन राईले १५०३मत , हिक्मतकुमार कार्कीले १३३७ मत , खगराज अधिकारीले १३३१ मत, यमलाल कँडेलले ११८५ मत, राजन भट्टराईले ११८१ मत र भानुभक्त ढकाल ११०८ मतका साथ विजयी भएका हुन् ।

१९ पदाधिकारीमा एक मात्र महिला सदस्य पद्मकुमारी अर्याल सचिवमा निर्वाचित भएकी छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद