Media Network

एमाले र माओवादी कार्यकर्ताबाट राप्रपा उम्मेदवारमाथि कुटपिट, कारवाहीकाे माग


खबरस्टोरी संवाददाता

२६ बैशाख २०७९,सोमबार

 काठमाडौं  । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चुनावी प्रचारमा रहेका आफ्ना उम्मेदवारमाथि भएको आक्रमण बारे आपत्ति जनाएको  छ   । प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ती जारी गरेर धनुषामा एमाले र रुकुम पश्चिममा माओवादी कार्यकर्ताबाट राप्रपाका उम्मेदवारमाथि हातपात गर्ने दोषीलाई कडा कारवाहीको माग गरेका छन् ।

धनुषाको सबेला नगरपालिका-४ का वडा सदस्यका उम्मेदवार समशुल राइन मियामाथि नेकपा एमालेले उम्मेदवार फिर्ता लिन दबाब दिदैँ साङ्घातिक हमला गरेको राप्रपाको आरोप छ।

यस्तै, रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१ मा वडाध्यक्षका उम्मेदवार लिलिबर बिसीलाई चुनावी प्रचारका क्रममा बाटो छेकेर धम्क्याउने, पार्टीको झण्डा च्यातेर फालिदिने र उम्मेदवारलाई लछार पछार गरिएको प्रवक्ता श्रेष्ठद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। 

राप्रपाले दुवै घटनामा संलग्न दोषीलाई  तत्काल पक्राउ गरी कडा कारबाही गर्न र घाइतेको उपचारको प्रबन्ध गर्न माग गरेको विज्ञप्तीमा उल्लेख छ। भयरहित निर्वाचनको वातावरण बनाउन सरकार र निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण पनि गराएको छ। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद