Media Network

एमाले र राप्रपा एक आपसमा मिल्न सक्छन्ः माधव नेपाल


खबरस्टोरी संवाददाता

२१ मंसिर २०७८,मंगलवार

विराटनगर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी आपसमा मिल्ने सम्भावना रहेको जनाएका छन् ।

उनले एमालेलाई संविधान नमान्ने र गणतन्त्र उल्ट्याउन चाहने शक्तिका रुपमा चित्रित गरेका छन् । 'संविधानलाई नमान्ने, लोकतान्त्रिक समाजवादी, गणतन्त्र उल्टा्याउन चाहने राप्रपा र (केपी शर्मा) ओली नेतृत्वको एमाले एक ठाउँमा उभिने अवस्था छ,' उनले भने । 

उनले एमाले छाडेर राम्रो गरेको र त्यहाँ एमालेमा भएको भए हालत हरि बिजोग हुने बताएका छन् ।

मंगलबार सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा सम्बोधनमा पार्टी विभाजन गर्दा साथ नदिएर एमालेमै बसेका नेताहरु भीम रावल, घनश्याम भूसाललगायतलाई लक्षित गर्दै त्यहाँ भएका मान्छेको हालत हरिबिजोग भएको टिप्पणी गरेका छन् ।

चितवनमा भएको १० औं महाधिवेशनबाट एमालेले जनताको बहुदलीय जनवाद (जबज) र क्रान्तिकारी स्वाभावलाई नारायणी नदीमा बगाएको उनको तर्क रहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद