शुक्रबार विराटनगरमा पत्रकाहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले भने “पार्टी छाडेर गएका कार्यकतारुलाई पार्टी प्रवेशमा रोक लगाएका छैनौं । तर ती पार्टी छोडेका नेता कार्यकर्ताहरुलाई पार्टीमा प्रवेश गरेमा स्वगत गर्ने चलन छैन” । उनले स्थानिय तहको निर्वाचनमा छ दल मिलेर लडेपनि नेकपा एमाले लोकप्रिय मतको आधारमा पहिलो पार्टी भएको दाबी गरे ।
ओलीले भने “थोरै मतले सिट संख्याको आधारमा दोस्रो पार्टी भयौँ तर लोकप्रिय मतको आधारमा एमाले पहिलो पार्टी भयो । छ दल मिले, कुनै विचार र सिद्धान्त रहेन्, उनीहरुको एमालेलाई हराउने षडयन्त्रलाई जनताले चकनाचुर बनाए आगामी प्रदेश स्थानिय तहको निर्वाचनमा पनि जनताले नेकपा एमालेलाई भारी मतका साथ विजयी गराउछन्” ।
एकीकृत समाजवादी पार्टीलाई व्यङ्ग्य गर्दै ओलीले भने “पार्टीले निकालेका मन्त्रीहरुलाई प्रधानमन्त्रीले निकालेनन् त्यसैले पार्टी पनि निरिह भएर हेर्नु बाहेक केही छैन्” ।