Media Network

एमालेबाट निर्वाचित देशैभरका जनप्रतिनिधि काठमाडौंमा


खबरस्टोरी संवाददाता

२ असार २०७९,बिहीबार

काठमाडौं । नेकपा एमालेबाट निर्वाचित भएका देशैभरका स्थानीय तहका जनप्रतिनिधि काठमाडौं आएका छन् । पार्टीको दुई दिने प्रशिक्षणका लागि एमाले निर्वाचित प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षहरु काठमाडौं आएका हुन् । 

प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा विहीबार र शुक्रबार प्रशिक्षण हुने एमाले केन्द्रीय कार्यालयले जनाएको छ । 

विहीबार बिहान ११ बजे काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा रहेको राष्ट्रिय सभा गृहमा प्रशिक्षण कार्यक्रमको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्ने एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई पार्टी स्कुल विभागले प्रशिक्षण दिनेछ ।

एमालेले ७५२ पालिका मध्ये ८२ पालिका प्रमुख तथा १२३ अध्यक्ष गरी २०५ पालिकामा प्रमुख जितेको छ भने १ सय १४ उपप्रमुख तथा १ सय २६ उपाध्यक्ष जितेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद