एमालेको अवरोधपछि बागमती प्रदेशसभाको बैठक स्थगित


खबरस्टोरी संवाददाता
१२ असार २०७९, आईतवार
एमालेको अवरोधपछि बागमती प्रदेशसभाको बैठक  स्थगित
काठमाडौँ। नेकपा एमालेको चर्को अवरोधपछि बागमती प्रदेश सभा बैठक भोलि ११ बजेसम्म अवरुद्ध भएको छ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दिपक निरौलाले दलको तर्फबाट आफ्नो धारणा राख्दै आफ्ना माग सम्बोधन नभए सम्म बैठक चल्न नदिने बताए । त्यस कारण सभामुखले भोलिसम्मका लागि बैठक स्थगित गरेका हुन् । 

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट विभेदकारी रहेको र न्यायोचित रुपमा जिल्लाहरूलाई नसमेटिएको भन्दै एमालेले प्रदेशसभा बैठक  स्थगित गरेको हो ।