Media Network

एमालेको कार्यालय समितिको बैठक आज बस्दै


खबरस्टोरी संवाददाता

२८ जेष्ठ २०७९,शनिबार

काठमाडौं । नेकपा एमालेको कार्यालय समितिको बैठक आज  दिउँसो बस्दैछ । स्थानीय तह निर्वाचनको समीक्षा गर्न कार्यालय समितिको बैठक बस्न लागेको हो ।

कार्यालय समितिमा एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव, उपमहासचिव र सचिवहरु रहनेछन् ।

पार्टीभित्रको अन्तर्घात र सत्तारुढ गठबन्धनले धाँधली गरेका कारण चुनावमा पराजय व्यहोर्नु परेको नेकपा एमालेले प्रारम्भिक निश्कर्ष निकालेको छ ।

त्यस्तै एमालेले ३० जेठमा सचिवालय समितिको बैठक बोलाएको एक नेताले जानकारी दिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद