काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ । अध्यक्षका प्रत्यासी केपी शर्मा ओली र इश्वर पोखरेलले पहिलो मतदान गरेका थिए ।
बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान डेढ घण्टा ढिलो गरी विहान साढे ९ बजेदेख िसुरु भएको थियो ।
यसअघि मङ्गलवार नै मतदान गर्ने कार्यतालिका रहे पनि प्राविधिक समस्याका कारण बुधबार मात्र मतदान भएको हो । मङ्गलवार साँझ मतदाताहरू मतदान हुने आशामा लाइनमै बसे पनि प्राविधिक कारण देखाउँदै हलमा लगेर बुधबार मतदान हुने भन्दै फर्काइएको थियो ।
बुधबार विहार मतदान गरेपछि अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले फोटो सेसन गरेका थिए ।