Media Network

एमालेले अपाङ्गता व्यक्तिलाई औषधि स्थानीय तहमै उपलव्ध गराउने


खबरस्टोरी संवाददाता

९ बैशाख २०७९,शुक्रबार

काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनको घोषणा पत्रमा  प्रत्येक वडामा स्वास्थ्य चौकी निर्माण गरी सञ्चालन गर्ने प्रतिवद्धता जनाएको छ ।

घोषणापत्रमा पूर्वाधार, जनशक्ति, वित्तीय व्यवस्था र स्वास्थ्य चेतनाको विकासद्वारा स्वास्थ्य सम्बन्धी मौलिक हकको कार्यान्वयन र निरोगी नेपाल निर्माण गर्ने जनाइएको छ । 

यस्तै आरोग्यता, स्वास्थ्य परीक्षण, निशुल्क आधारभतू स्वास्थ्य सेवा, जटिल रोगको निशुल्क उपचार, विमा, स्वास्थ्य पूर्वाधार र जनशक्तिको समष्टिगत व्यवस्था मार्फत स्वास्थ्य सम्बन्धी मौलिक हक कार्यान्वयन गर्ने दाबी एमालेले गरेको छ । 

‘प्रत्येक पालिकामा निर्माणाधीन आधारभूत अस्पताल सम्पन्न गर्ने, प्रत्येक वडामा स्वास्थ्य चौकी निर्माण र सञ्चालन गर्ने, त्यसका लागि आवश्यक स्वास्थ्य उपकरण तथा जनशक्ति व्यवस्थापन गर्ने,’ घोषणापत्रमा उल्लेख छ । 

स्वास्थ्य सेवा शिविर सञ्चालन, प्रजनन् स्वास्थ्य, पोषण सेवासम्बन्धी कार्य गर्ने, गंभीर रोगको पूर्वपरिक्षण स्क्रिनिङ र पाठेघरको क्यान्सरको निशुल्क परीक्षण गर्ने उल्लेख एमालेले गरेको छ ।

स्पाइनल इञ्जुरीका कारण अपाङ्गता भएका लगायत गंभीर प्रकृतिको अपाङ्गता भएका व्यक्तिको पुनःस्थापना तथा उनीहरूलाई आवश्यक पर्ने औषधि र अन्य सहायता सामग्री स्थानीय तहमै उपलव्ध गराउने व्यवस्था गर्ने प्रतिवद्धबता एमालेको छ ।  

प्रत्येक नागरिकको अनिवार्य स्वास्थ्य विमा गर्ने, जेष्ठ नागरिक, विपन्न, दलित, एकल महिला र अपाङ्गता सहितका व्यक्तिको स्वास्थ्य विमा निशुल्क गर्ने,’ घोषणापत्रमा लेखिएको छ । 









 




Share:
Reaction :
ताजा समाचार
खेलकुद