Media Network

एमालेले बहिष्कार गरेपछि सर्वदलीय बैठक अनिश्चित


खबरस्टोरी संवाददाता

८ माघ २०७८,शनिबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिष्कार गरेपछि बैठक अनिश्चित भएको छ । 

प्रधानमन्त्री देउवाल शनिवार बिहान सर्वदलीय बैठक डाकेका थिए । तर एमालेले सर्वदलीय बैठकबारे आफूलाई जानकारी नभएको बताएको थियो । 

प्रधानमन्त्रीको निजी सचिवालयले बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक बस्ने जानकारी दिएको थियो ।

सर्वदलीय बैठक अनिश्चित भए पनि तीन तहको निर्वाचनकाबारेमा छलफल गर्न विज्ञहरुलाई बोलाइएको छ । 

स्थानीय तहको निवार्चन कार्यकाल सकिनुअघि नै गर्ने कि कार्यकाल सकिएको ६ महिनाभित्र गर्ने भन्नेबारेमा दलहरु एक मत हुन नसकेपछि विज्ञहरुसँग छलफल गर्न लागिएको हो । 

नेपालको संविधानमा जननिर्वाचित पदाधिकारीको कार्यकाल सकिएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने प्रावधान छ भने निर्वाचन कानूनमा कार्यकाल सकिनु दुई महिनाअघि नै निर्वाचन गर्नुपर्ने उल्लेख छ । 

निर्वाचन आयोगले निर्वाचन कानूनअनुसार २ महिनाअघि नै निर्वाचन गर्नुपर्ने ब्यवस्था वैज्ञानिक भएको बताएको छ । 

सत्तारुढ पाँच दलीय गठबन्धन स्थानीय तहको निर्वाचन पछाडि धकेल्ने योजनामा रहेका छन् भने प्रमुख प्रतिपक्षी दल एमाले तत्काल निर्वाचन गर्नुपर्ने पक्षमा छ । 

सत्ता गठबन्धनमा प्रमुख घटक नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले पहिले संघको निर्वाचन गरेर मात्रै स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेका छन् । संघको निर्वाचनको परिणाम हेरेर स्थानीय तहमा गठजोड गर्ने उनीहरुको रणनीति छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद