एमालेले हस्ताक्षर नगर्दा हेटौंडाको नगरसभा स्थगित


खबरस्टोरी संवाददाता
१० असार २०७९, शुक्रबार
एमालेले हस्ताक्षर नगर्दा हेटौंडाको नगरसभा स्थगित
काठमाडौँ। उपस्थिति पुस्तिकामा एमालेले हस्ताक्षर नगर्दा हेटौंडा उपमहानगरको नगरसभा आइतबारसम्मका लागि स्थगित भएको छ। हेटौंडा उपमहानगरकाे कार्यपालिकामा एमालेको बहुमत रहेकाे छ ।

नेकपा एमालेले राखेको मागलाई कुनै सम्बोधन नगरि पेलेर नीति तथा कार्यक्रम ल्याउन लागेको भन्दै नेकपा एमालेले आज आयोजना गरिएको ११ औँ नगरसभामा उपस्थिति नजनाएपछि नगरसभामा बहुमत नपुगेको हो । 

हेटौँडा उपमहानगरपालिकाकी मेयर मीना लामाले गणपूरक संख्या नपुगेको भन्दै आइतबारसम्मका लागि नगरसभा स्थगित भएको जानकारी दिइन् ।