Media Network

एमालेलाई घेर्ने योजना सफल हुँदैन : ईश्वर पोखरेल


खबरस्टोरी संवाददाता

१५ फाल्गुन २०७८,आईतवार

काठमाडौँ। नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा  एमाले पहिलो दल बन्ने दाबी गरेका छन् । बूढानीलकण्ठ नगरपालिका–६ को पार्टी कार्यालय शनिबार उद्घाटन गर्दै उनले यसका लागि गाउँ र टोलबाटै पार्टीका नेता कार्यकर्ता एकीकृत हुनुपर्ने बताए ।

उनले एमालेलाई घेर्ने र बन्दी बनाउने योजना सफल नहुने जिकिर पनि गरे । प्रदेश सांसद एवं एमाले काठमाडौँ अध्यक्ष दीपक निरौलाले स्थानीय तहका निर्वाचनमा पार्टीलाई पहिलो बनाउन एकजुट हुन आग्रह गरे । नगरपालिकाका प्रमुख उद्धव खरेलले स्थानीय तहको वर्तमान कार्यकालमा आफूहरुले जनताका पक्षमा धेरै काम गरेको जनाए ।  



Share:
Reaction :
ताजा समाचार
खेलकुद