Media Network

एमालेद्धारा गृहमन्त्री खाँँण र प्रमुख निर्वाचन आयुुक्त थपलियाको राजीनामा माग


खबरस्टोरी संवाददाता

२४ जेष्ठ २०७९,मंगलवार

काठमाडौँ । नेकपा एमालेले गृहमन्त्री बालकृष्ण खाँण र प्रमुख निर्वाचन आयुक्त दिनेका कुमार थपलियाको राजीनामा माग गरेको छ । 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसद लालबहादुर थापाले बुढीगंगा नगरपालीकामा कानुन विपरित निर्वाचन प्रक्रियालाई प्रभावित पारिएको भन्दै गृहमन्त्री खाँण र आयुक्त थपलियाको राजीनामा माग गरेका हुन् । 

बुढीगंगा नगरपालीकामा बैशाख ३० गने भएको स्थानिय तहको निर्वाचनमा विवाद भए पछि निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको छ । सोही विषयमा बोल्दै सांसद थापाले पुनः मतदान गर्ने निर्णय गरेर निर्वाचन आयोगले जनताको अभिमतमाथि अन्याय गरेको भन्दै पुनः निर्वाचन नगरेर मत गणना गर्नु पर्ने माग राखेका छन् । 

निर्वाचनको समयमा त्यहाँ खटिएका सुरक्षा निकायका प्रमुख, गृहसचिव र प्रमुख जिल्ला अधिकारीलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै थापाले संसदमा सभामुखमार्फता गृहमन्त्री खाँण र प्रमुख निर्वाचन आयुक्त थपलियाको राजीनामा माग गरेका हुन् । यता निर्वाचन आयोगले बुढीगंगामा जेठ महिना भित्र नै त्यहाँको निर्वाचन प्रक्रिया अगाडि बढाउने तयारी गरिरहेको बताएको छ ।   

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद