एमाले जनप्रतिनिधिहरुले मंगलबारको बैठकमा २ बुँदे कार्यविधि संशोधनको प्रस्ताव राखेका थिए । आफुले राखेको प्रस्ताव पास नहुने छाटकाट देखेपछि उनीहरुले बैठक बहिष्कार गरेका हुन् । एमालेले बैठक सञ्चालन सम्बन्धी कार्यविधि–२०७४ को १५ (२) र १५ (३) मा रहेको व्यवस्थालाई संशोधन गर्न प्रस्ताव राखेको थियो ।
१५ नम्बर वडाका वडाध्यक्ष तथा एमाले हेटौंडा नगर दलका प्रमुख सचेतक सुनिल मोक्तानले आफुहरुले राखेको संशोसन प्रस्तावमा मेयर र उपमेयर लचिलो नबनेकोले आफुहरुले बाध्य भएर बैठक बहिष्कार गर्नु परेको बताएका छन् ।
उनले भने “हामीले विषयगत समितिहरु निर्माण गरेर छलफल गरी बजेट निर्माण गरौं भन्यौं । उहाँहरुले समय घर्किसक्यो भनेर आलटाल गर्नु भयो । उहाँहरु हाम्रो माग सम्बोधन गर्ने पक्षमा हुनुहुन्न । उहाहरुले हामीलाई पेलेरनै जाने नियत देखिन्छ ।”
हेटौंडा कार्यपालीका र नगरसभामा दुबैमा नेकपा एमालेको बहुमत रहेको छ ।