Media Network

एमसीसी अनुमोदन गर्ने माओवादी केन्द्रको निर्णय


खबरस्टोरी संवाददाता

१५ फाल्गुन २०७८,आईतवार

काठमाडाैँ। प्रचण्ड निवास खुमलटारमा आइतबार बिहान बसेको माओवादी केन्द्रको बैठकले  एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ । केन्द्रले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) व्याख्यात्मक टिप्पणसहित अनुमोदन गर्ने निर्णय गरेको हो । 

माओवादीले एमसीसी अनुमोदन गर्ने निर्णय गरेलगत्तै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार गएका प्रचण्डको सचिवालयले जानकारी दिएको छ । 

आइतबार दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसीमाथि सैद्धान्तिक छलफल सुरु हुँदै छ । यसअघि विपक्षमा उभिँदै आएको माओवादी केन्द्र पनि अन्ततः पक्षमा मतदान गर्ने निर्णयमा पुगेको हो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद