Media Network

एमसीसी अनुमोदनपछि नारायणकाजीले फायर खोले


खबरस्टोरी संवाददाता

१५ फाल्गुन २०७८,आईतवार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संसदबाट एमसीसी अनुमोदन भएपछि सामाजिक सञ्जालमै रोष प्रकट गरेका छन् । 

राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन गराइएको भन्दै नेता श्रेष्ठले फाल्गुन १५ गतेको दिनलाई कालोदिनका रुपमा लिने बताएका छन् । 

सम्पूर्ण देशभक्त शक्तिहरु एकतावद्ध हुन आह्वान गर्दै उनले नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधिनता र हितको संघर्षलाई निरन्तर जारी राख्न पनि अपिल गरेका छन् । 

‘अन्ततः ब्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज एमसीसी सम्झौता संसदबाट अनुमोदन गराइछाडे । अम देशभक्त नेपाली जनताले यसलाई कालो दिनका रुपमा लिनेछन् ।’ – उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । 

पूर्व नारायणकाजी समूहकै नेता गिरिराजमणि पोखरेलले पनि एमसीसीप्रति असन्तुष्टी जनाएका छन् । उनले संसदमा आफ्नो असन्तुष्टी राख्दै एमसीसीविरुद्धको आन्दोलनप्रति ऐक्यवद्धता जनाइसकेका छन् । 



Share:
Reaction :
ताजा समाचार
खेलकुद