काठमाण्डौं । स्वास्थ तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले अमेरिकी सहयोग परियोजना एमसीसी छिटै टुंगोमा पुग्ने बताएका छन् ।
सोमबार विरगञ्जको नारायणी अस्पताल परिसरमा विशिष्ट हृद्धयरोग उपचार भवन, आकस्मीक भवन र कोभिड उपचार भवनको सिलान्यास गर्दै खतिवडाले एमसीसीको विषयमा संसदले जे निर्णय दिन्छ त्यही स्वीकार गरिने बताए ।
संसदमा यो लामो समयसम्म रहदैन । छलफल को लागि यो संसदमा लगिएको हो । चाहे कुनै दल होस या संघ संस्था त्यसले अन्तिममा बहुमतले गरेको निर्णय मान्ने हो, उनले भने ।
विभिन्न सन्धी सम्झौताको विषयमा विभिन्न राजनीतिक दल र जनताहरूमा फरक मत हुनु स्वभाविक हो । सबैले आ–आफ्ना धारणा राख्नु पनि पर्छ । तर कसैलाई मेरो विचार मात्रै सहि हो, मेरो विचार मान्नुपर्छ, नमानेमा कालोमोसो दल्दीन्छु, ठोकीदीन्छु भन्ने अधीकार छैन् ।
सरकारले एमसीसी सम्झौता आइतबार संसदमा टेबल गरेको थियो । परन्तु प्रमुख पतीपक्षदल नेकपा एमाले, सत्तागठबन्धमै रहेका दल नेकपा माओवादी केन्द्र, र एकीकृत समाजवादीका सांसदहरूले समेत विरोध जनाएका थिए ।