काठमाडौ । नेकपा (विप्लव)सहितका ६ पार्टी र २ मोर्चाले जनस्तरबाट अवरोध खडा गरी एमसीसी प्रोजेक्ट अघि बढ्न नदिने तयारी गरेका छन् । तीन दलहरूले आज काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी एमसीसीलाई कार्यान्वयन गर्नै नदिने घोषणा गरेका छन्।
क्रान्तिकारी मओवादीका नेता परि थापाले आर्थिक प्रभावमा परेर एमसीसी अनुमोदन भए पनि कार्यान्वयन गर्न नेपाली जनताले नदिने उल्लेख गरे ।एमसीसी परियोजना आइपिएसको अंगका रुपमा अमेरिकाले अघि बढाएको उनको भनाइ छ ।
नेकपाका नेता खड्कबहादुर विश्वकर्माले एमसीसी आइपिएसको एउटा अंग भएको दाबी गर्दै अमेरिकाले कम्तीमा सय वर्षको योजना बनाएर अघि बढिरहेको आशंका गरे ।