Media Network

'एमसीसी सम्झौता पारित हुन्छ'


खबरस्टोरी संवाददाता

६ पुष २०७८,मंगलवार

जनकपुरधाम।  नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाँडले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) छिट्टै संसद्बाट पारित हुने बताएका छन्। मंगलबार  जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री खाँडले यसलाई अघि बढाउनु सरकारको दायित्व भएको बताए।

 खाँणले एमसीसीको बारेमा जनतामा केही भ्रम छरिएको बताए । उनले भने, ‘अमेरिकी सरकारले एमसीसीको माध्यमबाट मुख्यतः गरिबी निवारण र रोजगारीसँग सम्बन्धित परियोजना सञ्चालन गरिरहेको छ । यसमा अन्य कुनै भ्रम छैन् ।’ नेपाल सरकारले विद्युतीकरण र विद्युतीकरणको परियोजना तथा सडक निर्माण परियोजनाका लागि निःशर्त अनुदान दिन लागेको पनि उनले जानकारी गराए । उनले भने, ‘एमसीसीको परियोजना कुनै ऋण होइन, यो निःशर्त अनुदान हो, गठबन्धनको दलहरुको सहमतिको आधारमा यो पारित हुन्छ ।’

पत्ररकारको जिज्ञासामा गृहमन्त्री खाँणले कुनै पनि प्रस्ताव अगाडि लग्नुभन्दा पहिले सहमति र सहकार्यता जरुरी रहेकाले वातावरण तयारीमा लागेको बताए । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद