काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएको छ ।
सम्झौतालाई सभामुख अग्निप्रसाद सापकोटाले ध्वनी मतका साथ पास भएको घोषणा गरेका हुन् । यसका साथै व्याख्यात्मक प्रस्ताव अनुमोदन भएको उनले घोषणा गरे ।
आइतबारको प्रतिनिधि सभाको दोस्रो बैठकमा व्याख्यात्मक घोषणामाथिको छलफल सकिएसँगै एमसीसी पारित भएको हो ।
प्रतिनिधिसभाको बैठक फागुन १८ गतेसम्म स्थगित भएको छ । एमसीसी सम्झौता अनुमोदन भएसँगै सभामुख अग्नि सापकोटाले बैठक फागुन १८ गतेसम्म स्थगित गरेका हुन् । आइतबार दुईवटा बैठक बसेको थियो ।
दोस्रो बैठकले अमेरिकी सहयोग सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र त्यसमाथिको व्याख्यात्मक घोषणा अनुमोदन गरेको थियो ।