Media Network

एमसीसी टेबल गर्ने देउवाको अन्तिम कसरत, सत्ता गठबन्धन छलफलमा जुट्दै


खबरस्टोरी संवाददाता

८ फाल्गुन २०७८,आईतवार

काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता आजको संसद बैठकमा टेबल गर्नका प्रधानमन्त्री शेरबहादुर देउवा अन्तिम कसरतमा लागेका छन् । 

सत्ता गठबन्धनमै रहेका दलहरुले विभिन्न बाहना गर्दै टार्दै आएपछि देउवा गठबन्धनसँगै रुष्ट छन् । एमसीसी टेबल गर्नसमेत नदिए गठबन्धन तोडिने देउवाले चेतावनी दिएपछि गठबन्धनको दल नेकपा (एकीकृत समाजवादी)को शनिवारको स्थायी समिति बैठकबाट टेबल गर्न दिने निर्णय गरेको थियो ।

गठबन्धनकै अर्को दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलपछि नेकपा एसले गठबन्धन बचाउनका लागि एमसीसी टेबल गर्न दिने निर्णय गरेको छ । 

एमसीसीबारे के गर्ने, टेबल गर्ने/नगर्नेबारे निर्णय गर्न देउवाले अहिले १० बजे बालुवाटारमा गठबन्धनको बैठक डाकेका छन् । 

बैठक १० बजे बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन्।

यसअघि सत्ता साझेदार दलले पनि संसद बैठकमा एमसीसी जबर्जस्ती टेबल गरिए गठबन्धनबाट बाहिरिने निर्णय गरेपछि सरकारपछि हटेको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद