Media Network

एमसीसी विवाद : आन्तरिक छलफलका लागि नेताहरु प्रचण्ड निवासमा


खबरस्टोरी संवाददाता

६ फाल्गुन २०७८,शुक्रबार

काठमाडौ । एमसीसीको विपक्षमा रहेका सत्तारुढ गठबन्धन दलका नेताहरु माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवास खुमलटारमा आन्तरिक छलफलमा जुटेका छन् ।

 एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेता झलनाथ खनाल, जसपा अध्यक्ष उपेन्द्र यादव र माओवादी नेता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु छलफलमा सहभागी भएका छन् । सत्ता गठबन्धनको बैठक बस्नुअघि एमसीसी विरोधी नेताहरुबीच छलफलले व्यापकता पाएको छ । सत्ताको नेतृत्व गरिरहेको दल नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सदनमा एमसीसी टेबल गर्न लागिपरेका छन् भने सत्ता साझेदारी अन्य दलहरु यसको विपक्षमा त्यसो गरिए गठबन्धन नै तोडिन सक्ने बताउदै आएका छन् ।






Share:
Reaction :
ताजा समाचार
खेलकुद