Media Network

एमसिसी विवादः धरापमा सत्ता गठबन्धन


खबरस्टोरी संवाददाता

६ फाल्गुन २०७८,शुक्रबार

काठमाडौं । एमसिसी विवादका कारण पाँच दलीय सत्ता गठबन्धनभित्र विवाद उत्पन्न भएको छ ।

 बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजुका साथ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए ।सत्ता गठबन्धनमा आबद्ध कम्युनिस्ट दलका नेताहरू एमसिसीलाई संसद्मा पेस गर्न राजी नभएपछि देउवा प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष ओलीको साथ खोज्न बालकोट पुगेका हुन्।

गठबन्धनबाट बाहिर पनि निस्कन नचाहने र सरकारलाई सदनमा एमसिसी पेस गर्न पनि नदिने नीति सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले लिएपछि सरकारको नेतृत्व गरेको कांग्रेस र प्रधानमन्त्री देउवा रुष्ट छन्। कांग्रेसले प्रधानमन्त्रीलाई गठबन्धन टुटे पनि एमसिसी सदनमा पेस गर्न गर्न अधिकार दिइसकेको छ।बालकोटमा देउवाले ओलीलाई संसद्मा जारी विरोध रोक्न आग्रह गर्दै एमसिसी पारितमा सघाउन आग्रह गरेका थिए। 



Share:
Reaction :
ताजा समाचार
खेलकुद