काठमाडौँ — छिमेकी मुलुक चीनले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग भएको सम्झौतामा उपहार नै हो भने अल्टिमेटम किन ?भनी प्रश्न गरेको छ ।
चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चिनयिङले उपहारसँगै अल्टिमेटमको पोको आउने हो भन्दै प्रश्न गरेकी हुन् ।‘अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले यसअघि एमसीसी सम्झौता पारित नभए द्विपक्षीय सम्बन्धमा प्रभावित हुने चेतावनी दिएका थिए,’ प्रवक्ता हुआले भनेकी छन्, ‘नेपालस्थित अमेरिकी दूतावासले अमेरिकी जनताको तर्फबाट नेपालीलाई ५० करोड अमेरिकी डलरको उपहार भनेका थिए । मलाई आश्चर्य, उपहारमा कसरी अल्टिमेटमको पोका आउने थाल्यो । त्यस प्रकारको उपहार कसरी स्वीकार्न सक्छ ।