Media Network

एमसीसीबारे निर्णय लिन एकीकृत समाजवादीको स्थायी समिति बैठक बस्दै


खबरस्टोरी संवाददाता

७ फाल्गुन २०७८,शनिबार

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीबारे निर्णय लिन शनिवार नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक बस्दै छ ।

एमसीसीबारेमा राष्ट्रिय अन्तर्राष्ट्रिय बहस र आन्दोलन भइरहँदा पनि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले निर्णय गरेको थिएन । यद्यपि एकीकृत समाजवादीको युवा संगठन भने एमसीसीको विरोधमा प्रदर्शन गर्दै आएको छ । 

एमसीसीबारेमा नेता नेपाल मौन रहँदै आएका छन् । नेकपा एसले फागुन ७ गतेपछि मात्रै एमसीसीबारे बोल्ने बताउँदै आएका थिए । सत्ता गठबन्धनको अघिल्लो बैठकमा पनि एकीकृत समाजवादीले फागुन ७ गतेसम्म पर्खन कांग्रेसलाई आग्रह गरेको थियो । 

आजको स्थायी कमिटीको बैठकमा समसामयिक राष्ट्रिय राजनीति, चुनावको तयारी, पार्टीको आन्तरिक गतिविधि लगायतका विषयमा छलफल हुने पार्टीका महासचिव वेदुराम भुसालले बताए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद