Media Network

एमसीसीबिरुद्धको प्रदर्शनमा अश्रुग्यासको सेल लागेर एक प्रदर्शनकारी गम्भीर घाइते


खबरस्टोरी संवाददाता

१२ फाल्गुन २०७८,बिहीबार

काठमाडौँ। अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा बिहिबार नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बन्यो । सरकारले फागुन ८ गते संसदमा पेश गरेर एमसिसीमाथि छलफल सुरु गर्न लागेपछि सो क्षेत्र तनावग्रस्त बनेको हो । हाल  एमसीसी सम्झौताको विरुद्धमा विप्लव नेकपासहित ६ कम्युनिस्ट पार्टी र दुई मोर्चा तथा  राप्रपा कार्यकर्ता र सत्तारुढ माओवादी, नेकपा एकीकृत समाजवादी तथा विभिन्न राजनीतिक समूहहरु सडक आन्दोलनमा रहेका छन् । 

सोहि आन्दोलनका दौरान प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा अश्रुग्यासको सेल लागेर एक प्रदर्शनकारी सख्त घाइते भएका छन्। प्रदर्शनमा उत्रिएका हेमराज अवस्थी अश्रुग्यासको सेल लागेर सख्त घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् । उनलाई टाउकोमा चोट लागेको छ।

उनलाई प्रहरीले उपचारका लागि तत्काल राजधानीको नयाँ बानेश्वरस्थित एभरेस्ट अस्पताल पुर्‍याएको थियो। तर, एभरेस्टमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल लगिएको छ। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद