काठमाडौं। एमसीसीको विरुद्धमा ६ कम्युनिष्ट पार्टीले आज (शुक्रबार ) पनि देशभर विरोध प्रदर्शन गर्ने भएको छ ।
राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध आन्दोलनरत ६ कम्युनिष्ट पार्टी र २ मोर्चाको बिहिबार नेकपाको केन्द्रीय कार्यलय बुद्धनगरमा बसेको थियो ।सो बैठकपछि यस्तो निर्णय गरेको हो ।काठमाडौंको बानेश्वरमा ६ कम्युनिष्ट पार्टीले शुक्रबार मध्याह्न १२ बजे संयुक्त विरोध प्रदर्शन गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।
त्यस्तै,राष्ट्रघाती एमसीसी सम्झौता विरुद्धको संघर्ष झन पेचिलो र सशक्त बन्दै गईरहेको छ ।