Media Network

एमसीसीको विरोधमा ६ कम्युनिस्ट पार्टीले आज खुलामञ्चमा विरोधसभा गर्दै


खबरस्टोरी संवाददाता

२० फाल्गुन २०७८,शुक्रबार

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीसहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले एमसीसी पारित भएको विरोधमा आज शुक्रबार राजधानीको खुलामञ्चमा विरोधसभा गर्दैछन् ।

गत आइतबार संसदबाट एमसीसी अनुमोदन भएपछि चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेका वाम पार्टीहरुले आज माइतीघर, कुपोन्डोल, त्रिपुरेश्वर र दरबारमार्गबाट ¥याली निकालेर खुलामञ्चमा जनसभा आयोजना गर्न लागेका हुन् ।

काठमाडौंका विभिन्न ठाउँबाट र्यालीसहित खुलामञ्चमा मध्यान्ह १२ बजे संयुक्त विरोधसभा गर्न लागेका हुन् । 

नेकपा (विप्लव), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल), नेपाल कम्युनिस्ट पार्टी (ऋषि कट्टेल), नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा, राष्ट्रिय जनमोर्चा र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले एमसीसी सम्झौताविरुद्ध छन् ।

यो मोर्चाले २२ फागुनमा बुद्धिजीवीसँग अन्तरक्रिया गर्दैछ भने २४ फागुनमा देशव्यापी विरोध प्रदर्शन र सभा गर्ने छ । 

२६ फागुनमा विद्यार्थीले देशव्यापी क्याम्पस र विद्यालयमा विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम छ भने २८ फागुनमा युवकहरूले देशव्यापी विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद