Media Network

एमसीसीको विरोधमा ६ राजनीतिक पार्टीद्वारा पाँच दिने आन्दोलन घोषणा


खबरस्टोरी संवाददाता

१० फाल्गुन २०७८,मंगलवार

काठमाडौं । एमसीसीको विरोधमा विभिन्न ६ वटा राजनीतिक पार्टी र केहि मोर्चाद्वारा पाँच दिने आन्दोलन घोषणा गरेका छन् ।

नेकपा (क्रान्तिकारी माओवादी)सहित ६ राजनीतिक पार्टी र २ मोर्चाले एमसीसी सम्झौता विरुद्व पाँच दिने आन्दोलन घोषणा गरेका हुन्।नेकपा (क्रान्तिकारी माओवादी)सहित, नेपाल कम्युनिस्ट पार्टी विप्लव ,नेपाल कम्युनिस्ट पार्टी (मसाल) , नेकपा माओबादी केन्द्र समाजवादी ,नेपाल कम्युनिस्ट पार्टी ऋषि कटेल, चैज्ञानिक समाजबादी कम्युनिस्ट पार्टी नेपाल , देशभक्त जनगणतान्त्रीक मोर्चा नेपाल, राष्ट्रिय जनमोर्चालगायतका पार्टीले आज एक संयुक्त बिज्ञप्ती जारी गर्दै संघर्षको कार्यक्रम घोषणा गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले फागुन ८ गते संसदमा जबरजस्त टेवल गर्नु घोर राष्ट्रघाती आत्मसमर्पणवादी र अमेरीकी साम्राज्यवादको नाङ्गो दलाली भएको संयुक्त मार्चाले निष्कर्ष निकाल्दै उक्त कदमको विरोध स्वरुप संघर्षका थप कार्यक्रम घोषणा गरेका छन्।




 


 


 


  


Share:
Reaction :
ताजा समाचार
खेलकुद